चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १६ वर्षीय बालकलाई प्रहरीले फागुन ४ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई बालकले ललाइ फकाइ बोलाएर फागुन १ गते बलात्कार गरेको भन्दै पीडित पक्षले फागुन ४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण फागुन ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिस्ठान, घोराहीमा भयो ।