INSEC Online

📅 २०८३ जेष्ठ २१

मानव बेचबिखन तथा ओसारपसार घटनाका आरोपितहरू गिरफ्तार

२३ वर्षीया महिलालाई भारतमा लगेर बेचबिखन गरेको आरोपमा तुलसीपुर उमनपा–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेय र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास मौरियालाई प्रहरीले गिरफ्तार गरेको छ ।

सामान किन्न जाने भन्दै ०८१ माघ ४ गते भारतको कृष्णनगर लगेको र त्यहाँबाट बलरामपुर लगेर स्थानीय रामनिवास मौरियालाई ३५ हजार भारुमा बिक्री गरेको भन्दै पीडित पक्षले माघ ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि इलाका प्रहरी कार्यालय, गढवाका इन्स्पेक्टर कालिका कार्कीको नेतृत्वमा भारत पुगेको टोलीले माघ १७ गते उद्दार गरी नेपाल ल्याएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

आरोपितमध्ये राजेश नेपालीलाई माघ १६ गते गढवा गाउँपालिका–१ कालाकाटेबाट, राधा पाण्डेयलाई माघ २२ गते घोराहीबाट र महिला किन्ने मौरियालाई गढवा गाउँपालिका–८, कोइलावासबाट माघ २७ गते गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी शाहले बताउनु भयो ।

अन्य

भिडियो