२३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोदावरी नगरपालिका-७ बुरुन्चुलीका २९ वर्षीय दिपेन लामालाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले पुस १७ गते बलात्कार गरेको र घटना बारे कतै उजुरी गरे ज्यान मार्ने धम्की दिइ फरार भएको भन्दै पीडित पक्षले जिल्ला प्रहरी परिसर जावलाखेलमा माघ २४ गते उजुरी दिएको आधारमा खोजी गर्दा माघ २९ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरहरि रेग्मीले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २९ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।