INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ ।

आरोपितले पीडित महिलालाई ०८१ माघ २ गते बलात्कार गरेको पीडित पक्षाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा माघ २४ गते भयो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पंचकुमार बाकुले आरोपित फरार रहेकोले खोज तलास भइरहेको बताउनु भयो ।

अन्य

भिडियो