१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भद्रपुर नगरपालिका-९ खातेका २१ वर्षीय सञ्जिव आचार्यलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ माघ २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध माघ २५ गते प्रहरी चौकी,घोडामारामा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि माघ २५ गते गिरफ्तार गरिएको प्रहरी चौकी घोडामाराले जनाएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण मेची प्रादेशिक अस्पताल, भद्रपुरमा माघ २७ गते गरिएको छ ।