INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा सात वर्ष कैद सजायको फैसला

१८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले तुलसीपुर उमनपा–१५ का २३ वर्षीय दिपक विश्वकर्मालाई सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश टिकेन्द्र दाहालको इजलासले माघ २५ गते कसुर ठहर गर्दै सात वर्ष कैद फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिनुभयो ।

यसअघि विश्वकर्माले ०८० भदौ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ ११ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडितको स्वास्थ्य परीक्षण भदौ ११ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भएको थियो । प्रहरीले आरोपितलाई भदौ ११ गते घरबाटै गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो