३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा ५७ वर्षीय ससुरा विरुद्ध पीडितले इलाका प्रहरी कार्यालय लहानमा ०८१ माघ २० गते उजुरी दिनुभएको छ ।
पति वैदेशिक रोजगारको लागि विदेशमा रहेकोले आरोपित ससुराले धाक धम्की दिई बिगत एक वर्ष देखि बलात्कार गर्दै आएको र ०८१ माघ १७ गते पनि बलात्कार गरे पछि मैले प्रतिकार गर्दा ससुराले कुटपिट गरेको पीडित महिलाले उजुरीमा उल्लेख गर्नुभएको छ ।
पीडितको स्वास्थ्य परीक्षण माघ १९ गते प्रादेशिक अस्पताल लहानमा भयो ।
इलाका प्रहरी कार्यालय लहानका इन्स्पेक्टर शिव कट्टेलले घटनाको जानकारी माघ १९ गते नै आएकोले पीडितको स्वास्थ्य परीक्षण गराएको बताउनु भयो । घटनापश्चात आरोपित फरार रहेकोले खोज तलास गरिरहेको इन्स्पेक्टर कट्टेलले जानकारी दिनुभयो ।