INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा जनकपुरधाम उपमहानगरपालिका-२१ कुर्थाका २२ वर्षीय सुनिल शाहविरुद्ध ०८१ माघ २१ गते पीडित पक्षले कुर्था प्रहरी चौकीमा उजुरी दिनुभएको छ ।

सरस्वती पूजाका दिन अर्थात माघ २१ गते राति ८ बजेको समयमा विद्यालयबाट कार्यक्रम हेरी घर फर्कदै गर्ने क्रममा आरोपितले बलात्कार प्रयास गरेको पीडित पक्षले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण सोही दिन प्रादेशिक अस्पताल जनकपुरधाममा भयो । घटना पश्चात आरोपित फरार रहेकोले खोजतलास भइरहेको हवलदार रामचन्द्र मण्डलले जानकारी दिनुभयो ।

अन्य

भिडियो