INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद: बन्द गराएको आरोपमा सात जना गिरफ्तार

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै आएको समूहले बन्द गराउँदै हिँडेको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका-४ बाट सात जनालाई गिरफ्तार गरेको छ ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोध गर्दै ०८१ माघ २० र २१ गते आह्वान गरिएको अरुण पूर्वका नौ बन्दको क्रममा दमक बजारमा बन्द गराउँदै हिडेका पदम बेघा, धनकुमार योङहाङ ,शुक्र लिम्बू, आदित्य फियाक, प्रकाश लावुङ, सन्देस लिम्बू, नासमाङ लिम्बूलाई माघ २० गते गिरफ्तार गरेको प्रहरीले जनाएको छ । गिरफ्तार गरिएकाहरुको विवरण स्वतन्त्र रुपमा पुष्टि हुन बाँकी छ ।

बन्दकर्ताले मे १ च ५१६१ नं को स्कोरपियो गाडी तोडफोड गरी क्षति पुर्‍याएको  प्रहरीले जनाएको छ ।

पाथीभरा क्षेत्रमा केवलकार निर्माणको विरोधमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ०८१ माघ २० र २१ गते अरुण पूर्वका नौ जिल्ला, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेर्हथुम र संखुवासभा बन्दको आह्वान गरेको छ ।

अन्य

भिडियो