INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या आशङ्कामा सात जना गिरफ्तार

भारतको विहार राज्य, छपरा जिल्लाकी १४ वर्षीया बालिका चाँदनी यादवको शङ्कास्पद अवस्थामा शव भेटिएपछि प्रहरीले सात जनालाई अनुसन्धानका लागि गिरफ्तार गरेको छ ।

विराटनगर महानगरपालिका-५ विशालचोकको कलेर्वामा रहेको माघा घरमा आएको अवस्थामा चाँदनीको शव शङ्कास्पद अवस्थामा मामाघर भन्दा केही पर गाडिएको अवस्थामा फेला परेपछि प्रहरीले हत्या आशङ्कामा मावली घरका सात जनालाई ०८१ माघ १८ गते प्रहरीले गिरफ्तार गरेको हो ।

घटनापछि चाँदनीका मामली हजुरबुवा अन्दाजी ५७ वर्षीय सरजुग मण्डल, उनकी पत्नी ४५ वर्षीया जानकी मण्डल, सरजुगका भाइ पर्ने ६० वर्षीय बतासी मण्डल, ३५ वर्षीय रामबाबु मण्डल, छोरी ४० वर्षीया उर्मिला मण्डल, नातिनी १७ वर्षीया अञ्जली मण्डल र नाति बबिदेवल मण्डललगायत सात जनालाई प्रहरीले गिरफ्तार गरी अनुसन्धान थालेको छ ।

बालिका भारतमा प्रेम सम्बन्धमा रहेको र बाबुआमाको सरसल्लाहमा मामा घर ल्याएर प्रेम सम्बन्ध छुटाउन खोज्ने क्रममा बालिकाको कुटपिट गरी हत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालयका डिएसपी देवप्रकाश जोशीले बताउनु भयो ।

बाबुआमासँग चाँदनी आफ्नो घर नफर्किएपछि स्थानीयले शङ्का गरी प्रहरीमा खबर गरेका थिए ।

प्रहरीमा खबर गरेपछि प्रहरीले सोधपुछ गर्दा मावली घरका हजुरबुबा हजुरआमा र मृतक बालिकाका बाबु आमाको कुरा बाझिएपछि प्रहरीले हत्या आशंकामा खोजी थालेको थियो ।

खोजी गर्ने क्रममा मामा घरभन्दा ३८ मिटर टाढा गाडेको अवस्थामा शव फेला परेपछि प्रहरीले शव उत्खनन् गरी पोष्टमार्टमका लागि माघ १८ गते कोशी अस्पताल पुर्‍याएको छ ।

अन्य

भिडियो