३६ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा लक्ष्मीया गाउँपालिका-५ का २८ वर्षीय जगदेव मण्डल र २५ वर्षीय धीरज मण्डलले कुटपिट गरेको आरोपमा पीडित पक्षले ०८१ माघ १३ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको छ ।
पीडित महिलालाई माघ १० गते आरोपितहरूले बोक्सीको आरोपमा गालिगलौज र कुटपिट गरेको पीडित पक्षले बताउनु भयो । पीडित महिलाको स्वास्थ्य उपचार सोही दिन स्थानीय क्लिनिकमा भयो ।
घटनापश्चात आरोपितहरू फरार रहेकोले खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर मुद्दा शाखाका वरिष्ठ हवल्दार पंकज यादवले बताउनुभयो ।