INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले फेदाप गाँउपालिका-२ का ५७ वर्षीय हरिबहादुर लिम्बूलाई माघ १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ पुस ७ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्व पुस २२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपित फेदाप गाँउपालिका-४ मा आफन्तको घरमा लुकेर बसेको अवस्थामा अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रमोद खड्काले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस २२ गते गरिएको छ ।

अन्य

भिडियो