१६ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै बाह्रविसे नपा-२ का २२ वर्षीय पारस भण्डारीविरुद्ध ०८१ माघ १४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दर्ता भएको छ ।
पीडित बालिकालाई आरोपितले गत भदौ २ गते बलात्कार गरेको पीडित पक्षको आरोप छ । आरोपितले पीडितलाई बलात्कार गरेर विदेश भागेको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको इलाका प्रहरी कार्यालय बाह्रविसेका सई रविन अधिकारीले बताउनु भयो ।
पीडितको पक्षबाट पीडितकी आमाले इलाका प्रहरी कार्यालयमा माघ १४ गते उजुरी दर्ता गराएको सइ रविन अधिकारीले बताउनु भयो ।
अरोपित हाल फरार भएर विदेश गएको समेत आशङ्का भएकाले जिल्ला प्रशासन कार्यालयसँग आरोपितको पासपोर्ट नम्बर माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयबाट आरोपितको पासपोर्ट नम्बर प्राप्त भएपछि सम्बन्धित दुतावासलाई गिरफ्तारीका लागि लेखी पठाउने सइ रविन अधिकारीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण ०८१ माघ १३ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको थियो ।