मौन अवधि सुरू भएर १६ घण्टा बितिसक्दा समेत मतदानस्थल वरिपरीका प्रसार सामग्री नहटाएको पाइएको छ ।
रूपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेलस्थित सरस्वती माध्यमिक विद्यालय मतदानस्थल वरिपरी रहेका चुनाव प्रचारका सामग्रीहरू दलका झण्डा, उम्मेदवारको मतदान चिन्ह तथा फोटो अङ्कित पर्चा हटाइएको छैन ।
त्यस्तै, लामीडाँडा गाउँपालिका-१ विश्वज्योति माध्यमिक विद्यालयको मतदानस्थल वरिपरी रहेका चुनाव प्रचार सामग्री हटाइएको छैन ।
निर्वाचन आचार संहिता २०७२ परिच्छेद २ को (घ) मौन अवधिमा पालना गर्नुपर्ने आचारणमा मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३ सय मिटर वरिपरी राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचारप्रसार सामग्री हटाएको हुनुपर्ने उल्लेख छ ।