जाजरकोटका बादी समुदाय खोलाको छेउमा माछा मारेर जिवन निर्वाह गरेका छन् । नलगाड नगरपालिका–७ दल्ली स्थित नलसिहगाडको किनारमा माछा मारी बादी समुदायका परिवार विहान बेलुकाको छाक टार्दै आएका छन् । सार्वजिनक जमिनमा पुर्खा देखि घर टहरा बनाई बसेका ४५ घरपरिवारले पुस माघको चिसो सिरेटोमा नलगाड खोलको छेउमा माछा मार्ने, गिटी कुट्ने र ज्यालामजदुरी गरी विहान बेलुकाको छाकको जोहो गरेका छन् ।
नलगाड नगरपालिका-७ की कार्यालिका सदस्य सरिता बादीले पुर्खा देखि खोलाको छेउमा माछा मारी जीविकोपाजर्नन गर्दै आएका अल्पसङ्ख्यक बादी समुदायका परिवारले न्यानो बास, विहान बेलुकाको छाक नपाउँदा समस्याम परेका छन् । सार्वजनिक जमिनको वास खोला तथा नदिमा माछा मारेर छाकको जोहो गरेका अल्पसङ्ख्यक समुदायले घर टहरा निर्माण गरी ५० वर्ष पहिले देखि बस्दै आएका छन् । गत वर्षको जाजरकोट बारेकोट गाउँपलिका–१ रामिडाँडा केन्द्र विन्दु भई गएको भूकम्पले घर भत्किाएपछि सरकारले अस्थायी आवासका लागि दिएको २५ हजार अनुदानमा टहरा निर्माण गरी माछा मार्ने, ज्यालामजदुरी गरि, गिटी कुटेर जीविकोपार्जन गरेका छन् । कर्णाली प्रदेशकै गाौरवको आयोजना नलगाड जलविद्युत आयोजनाले जमिन अतिक्रमण गरेको जमिनमा खोलाको छेउमा आफनो नाममा जमिन नभएपछि बसाई गर्ने सुरक्षित स्थान नहुँदा सोही ठाँउमा बस्न बाध्य भएका छन् ।
नलगाड नगरपालिका–७ की गिता बादीले घर बनाउने जमिन नहुँदा विहान बेलुकाको छाक टार्नका लागी माछा मार्न खोलाको किनारमा बस्नु परेको छ । सरकारले जमिन उपलब्ध गराई दिए कृषि व्यवसायमा लाग्ने बताउनु भयो । जमिन नहुदाँ खाना, लत्ता कपडाको लागी पुर्खाले गर्दै आएको माछा मार्ने ज्याजदुरीबाट परिवारको खर्च टारेका छन् । न्यानो वास र पेटभरी खाना नपाउँदा सुत्केरी गर्भवती महिला, बालबालिका, ज्येष्ठ नागरिकलाई जीवन निर्वाह गर्न सकस भएको हो । कृषि पेशाका लागि जमिन नहुँदा माछा नमारे खाना नपाउने अवस्था आएपछि पुर्खाले धानेको पेशा छोड्न सकेका छैनन् ।
नलगाड हाईड्रोपावरको काम सञ्चालन भएपछि बस्ती नै खाली गराउन थालेपछि कहाँ बस्ने भन्ने चिन्ताले बादी समुदायालाई सताउन थालेको छ । पछिल्लो समयम आवास निर्माणका लागि नागरिकलाई सरकारले जनता आवास कार्यक्रम ल्याए पनि जमिन नहुँदा पाउन नसकेको गुनोस समुदायले गर्ने गरेका छन् । विहान बेलुकाको छाक, बालबालिकालाई कापि कलम किन्ने रुपियाँ नहुँदा पढाईबाट वञ्चित हुनुपरेको छ । विद्यालय पठाउने इच्छा हुँदाहुँदै पनि आर्थिक अभावले बालबालिकालाई नियमित विद्यालय पठाउन नसकेका छैनन् । पुर्खा देखि माछाको सहारामा खोलाको किनारामा गाँस बास पर्खि बसेको अवस्थाका बारेमा स्थानीय सरकार तथा सरोकारवाला निकायले चासो नदिएपछि व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन सकेको छैन ।
गरिब, विपन्न अल्पसङ्ख्यक, आर्थिक अवस्था कमजोर बादी समुदायलाई क्षमता विकास, सीप विकास, तथा आवास व्यवस्थापन नगर्दा समस्याम परेका छन् । सरकारले गरिब, अल्पसङ्ख्यक समुदायको गाँस बासमा ध्यान नदिएपछि चिसो सिरेटोमा माछाका भरमा जिविका चलाउनु पर्ने अवस्था आएको छ ।
