INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतिहारी जिल्ला घर भई बन्दीपुर गाउँपालिका–१ डुम्रे बस्दै आएका २२ वर्षीय श्रवण कुमारलाई माघ ११ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले गत असोज १५ गते बलात्कार गरेको भनी पीडित पक्षले माघ १० गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अशोक थापाले जानकारी दिनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ १० गते दमौली अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो