कालिका गाउँपालिका-२ गोम्बोडाडाँबाट फर्कदैँ गरेको वाम गठबन्धनको स्थानीय टोलीमाथि मङ्सिर ७ गते राती १० बजे नयाँ शक्तिका निर्मलविक्रम गोले नेतृत्वको समूहले आक्रमण गरेको छ ।
आक्रमणबाट बा १६ च ४७५४ र बा १६ च ६११ नम्बरको गाडी क्षतिग्रस्त भएको छ । माथिबाट फर्कदैँ गरेको सडकमा मोटरसाइकल तेर्स्याएर अवरोध गरी गाडीमाथि ढुङ्गा हान्न नछाडेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आठ राउण्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य “ख” का उम्मेदवार प्रेम तामाङसहित जिल्ला बाहिरबाट ल्याएका सयौँको सङ्ख्यमा रहेका सो गठबन्धनका कार्यकर्ताहरूले आक्रमण गरेको वाम गठबन्धनका नेता माधव लामिछानेले आरोप लगाए ।