INSEC Online

📅 २०८३ जेष्ठ २१

आमा पुर्पक्षमा रहँदा बालबालिका कारागारमा !

जिल्ला कारागार बागलुङको महिला कैदीबन्दी राख्ने भवनमा यतिबेला दुई जना बालबालिका छन् । चार वर्षीय बालक कारागार पुगेको १० महिना भयो । २ महिनाकी बालिका पछिल्लो एक महिनादेखि कारागारमा छिन् ।

अमालाई कारागार चलान भएको २ महिनापछि उनका ४ वर्षीय छोरा पनि कारागार पुगे । छोराको स्याहार सुसार र संरक्षण गर्ने मान्छे नभएपछि आमाले पछिल्लो १० महिनादेखि छोरालाई समेत आफूसँगै कारागारमा राखेकी हुन् ।

कर्तव्य ज्यान मुद्दामा पुस ९ गते पुर्पक्षका लागि कारागार चलान भएपछि एक महिलासँग उनकी दुई वर्षिया छोरी समेत काराकार पुगेकी छिन् ।

दुई वर्षीया बालिकाले पुसको जाडो कारागारमै बिताइन् । ति दुवै बालबालिकाका आमाको मुद्दा कहिले फैसला हुन्छ कुनै टुङ्गो छैन । पाँच वर्षभन्दा कम उमेरका बालबालिका आमा थुनामा रहेको समयमा घरमा हेरचाहा र संरक्षण गर्ने व्यक्ति नभएपछि आमासँगै राख्न पाउने व्यवस्था अनुसार उनीहरुलाई कारागारमै राखिएको जिल्ला कारागार बागलुङका प्रशासक धिरेन्द्र पन्तले बताउनु भयो ।

अन्य

भिडियो