INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको ठहर गर्दै ११ वर्षकैदको फैसला

अपाङ्गता भएकी १६ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले हेटौँडा उपमहानगरपालिका-१८ का ३८ वर्षीय प्रदिप भनिने भक्तबहादुर पोखरेललाई ११ वर्षकैद गर्ने फैसला गरेको छ । साथै पीडकबाट पीडित बालिकालाई १ लाख रुपियाँ क्षतिपूर्ति भराउने अदालतले आदेश समेत गरेको छ ।

मङ्सिर ७ गते बसेको न्यायाधीश स्वीकृती पराजुलीको इजलाशले बालिकालाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो ।

पोखरेलले बालिकालाई ०७४ साउन २३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय फुर्केचौरमा उजुरी दिएको थियो ।

पोखरेललाई सोही दिन प्रहरीले गिरफ्तार गरेकोमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि भीमफेदी कारागार थुनामा थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण सोही दिन हेटौँडा अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो