२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा गणेशमान चारनाथ नगरपालिका-१ का २४ वर्षीय सुजित शाहलाई ०८१ माघ १ गते इलाका प्रहरी कार्यालय खजुरीले गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले पुस १७ गते बलात्कार गरेको भन्दै पुस १९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय खजुरीमा उजुरी दिनु भएको थियो । उक्त उजुरीको आधारमा आरोपित शाहलाई गिरफ्तार गरेको वरिष्ठ हवलदार गोविन्द चौधरीले जानकारी दिनु भयो ।
सन् २०२५, १ जनवरी नयाँ वर्षको उपलक्ष्यमा जनकनन्दनी गाउँपालिका-५ स्थित झुलुङ्गे पुल नजिकै रहेको खुल्ला मैदानमा पीडित साथीहरूसँग वनभोज मनाउन गएकी थइन् । सोही क्रममा पीडित युवती शौच गर्न एक्लै एकान्तमा गएको मौका छोपि अरोपितले धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १९ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।