१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतको उत्तर प्रदेश सोनभद्र डिस्ट्रिक राबट्सगञ्ज थाना वडा नं. ६ घर भई ललितपुर महानगरपालिका–२ सानेपामा बस्ने ३३ वर्षीय सोनभद्र शर्मालाई माघ २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी परिसर जावलाखेलमा पुस २९ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी नवरत्न पौडेलले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस २९ गते नै पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।