INSEC Online

📅 २०८३ जेष्ठ २१

अज्ञात समूहद्वारा सहायक मतदान अधिकृत बाटोमै कुटिए

निर्वाचन गराउनका लागि बुढीनन्दा नगरपालिका-५ मा रहेको नन्देश्वरी मावि कोटिलाको मतदान केन्द्र जाँदै गर्दा सहायक मतदान अधिकृत मङ्सिर ६ गते अज्ञात समूहद्वारा बाटोमै कुटिएका छन् ।

अज्ञात समूहले सिराहा जिल्ला घर भई हाल विच्छ्या माविमा शिक्षण गराउँदै आएका विन्देश्वरप्रसाद यादवलाई कुटपिट गरेको हो । यादवलाई मङ्सिर ६ गते दिउँसो बडिमालिका नगरपालिकाको पोरखे लेकको बाटोमा हिँड्दै गर्दा कुटपिट गरिएको हो ।

कुटपिटबाट घाइते भएका यादवको उपचार जिल्ला स्वास्थ्य कार्यालय बाजुरामा भइरहेको छ । उपचारर्रार्थ अवस्थामा रहेका यादवले भने-‘आफूलाई एक्कासी तीन जनाको समूहले आक्रमण गर्‍यो ।’

सो समूहले उनीसँग भएको नगद १२ हजार रुपियाँसमेत लुटेको यादवको भनाई छ । यादवको पिठ्यूँ र टाउकोमा चोट लागेको छ ।

उनलाई कुटपिट गर्ने समूहको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

अन्य

भिडियो