अमरगढी नगरपालिका–३ पथरोडाकी २४ वर्षीया अस्मिता थापा मगरको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले ३२ वर्षीय पति डम्बरबहादुर थापा मगरलाई ०८१ पुस २९ गते गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले घरायसी विवादका क्रमम पुस २९ गते बेलुका भरुवा बन्दुकले गोली हानी हत्या गरेपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका डिएसपी सुगन्ध श्रेष्ठले बताउनु भयो ।
पत्नीलाई गाली हानेर हत्या गरेपछि भाग्ने क्रममा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले भनाइ छ । शवको पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा राखिएकोे छ ।