INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१८ वर्षीया युवतीलाई ०८१ पुस २५ गते क्षिरेश्वरनाथ नगरपालिका-५ का २२ वर्षीय राकेश मण्डलले बलात्कार गरेकाे आरोपमा पुस २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको छ ।

खेतमा एक्लै घाँस काटिरहेकी पीडित युवतीलाई आरोपित मण्डलले बलात्कार गरी बेहोस अवस्थामा घटनास्थलमा छाडी फरार भएका छन् । पीडित युवतीलाई स्थानीयहरूले बेहोस अवस्थामा देखेपछि आफूहरूलाई जानकारी गराएको पीडितका पक्षले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २६ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

घटनापश्चात आरोपित मण्डल फरार भएकोले खोजतलास गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर सोनु शाहले जानकारी दिनुभयो ।

अन्य

भिडियो