INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा भैरबी गाउँपालिका–१, रावतकोटका ३४ वर्षीय घनबहादुर सार्कीलाई प्रहरीले ०८१ पुस २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले पुस १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस २१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण पुस २१ गते जिल्ला अस्पतालमा भयो ।

अन्य

भिडियो