१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५५ वर्षीय बाबुलाई पुस १९ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले प्रहरी वृत्त सातदोबाटोमा पुस १८ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसरका एसपी नवरत्न पौडेलले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १८ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।