१५ वर्षीया बालिकालाई ०८१ असार १० गते बलात्कार गरी गर्भवती बनाउने भारत, रक्सौल घर भई पनौती नपा-७ स्थित एक ग्यारेजमा काम गर्ने १९ वर्षीय विकास निशादविरुद्ध पुस १८ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दर्ता भएको छ ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १७ गते धुलिखेल अस्पतालमा गरिएको छ । स्वास्थ्य परीक्षणमा २५ हप्ताको गर्भ देखिएको छ ।
पनौतीको जात्रा हेर्न जाँदा विवाह गर्ने प्रलोभनमा पारी बलात्कार गरेको पीडित बालिकाले आरोप लगाएकी छन् ।
पीडित बालिकालाई जिल्लास्थित एक सेवा केन्द्रमा राखिएको छ । अरोपित फरार भएकाले खोजतलास भइरहेको डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।