१५ वर्षीया बालिकालाई बलात्कार गरेको घटनाका आरोपित औरही गाउपालिका-४ का २२ वर्षीय करणकुमार यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहाले ०८१ पुस १८ गते गिरफ्तार गरेको छ ।
आरोपितले बालिकालाई ०८१ पुस १८ गते बलात्कार गरेको आरोपमा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय सिरहामा सोही दिन उजुरी दिएको पीडित बालिकाको बुबाले बताउनु भयो । पीडित बालिकाको स्वास्थ्य परीक्षण प्रादेशिक अस्पताल सिरहामा पुस १८ गते भयो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी विरेन्द्र कुमार पासवानले घटनाको जानकारी हुनासाथ आरोपितलाई गिरफ्तार गरेको बताउनु भयो ।