१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला बर्दिवास नगरपालिका–४ माईस्थान घर भइ ललितपुर महानगरपालिका–८, गुइतटोल बस्ने २६ वर्षीय विष्णुबहादुर चौलागाईले पुस १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ०८१ भदौ २६ गतेदेखि बालिकासँग विवाह गर्ने प्रलोभनमा पारी पुस ६ गतेसम्म पटकपटक बलात्कार गरेको भन्दै पीडितकी आमाले जिल्ला प्रहरी परिसर जावलाखेलमा पुस ७ गते दिएको उजुरीका आधारमा खोजी गरी बालकुमारीबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी परिसर जावलाखेलका एसपी नवरत्न पौडेलले जानकारी दिनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १६ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनुभयो ।