१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३७ वर्षीय बाबुलाई पुस १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस १५ गते बलात्कार गरेको भन्दै स्थानीय बासिन्दाले प्रहरीलाई सूचना दिएपछि आरोपितलाई अनुसन्धानका लागि पुस १६ गते गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बेलचौताराका इन्स्पेक्टर पोषण थापाले जानकारी दिनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण पुस १६ गते दमौली अस्पतालमा गरिएको छ ।