१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भानु नपा-९ चनौटेका १९ वर्षीय निर्मल पाण्डेलाई पुस १६ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस १५ गते बलात्कार गरेको भन्ने पीडितका अभिभावकले पुस १६ गते इलाका प्रहरी कार्यालय भानुमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी अशोक थापाले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस १६ गते दमौली अस्पतालमा गरिएको छ ।