INSEC Online

📅 २०८३ जेष्ठ २१

सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ

सन् २०२४ मा प्रेस स्वतन्त्रता हनन्का घटनामा बृद्धि भएको नेपाल पत्रकार महासङ्घले जनाएको छ । पुस १६ गते  एक विज्ञप्ति जारी गर्दै महासङ्घले २०२४ मा प्रेस स्वतन्त्रता हनन्का ६० ओटा घटना भएका नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन शाखाको अभिलेखमा रहेको जनाएको छ ।

सुरक्षाको सवालमा २०२४ चुनौतीपूर्ण वर्ष रहेको, समाचार लेखेको तथा सूचना मागेका कारण पत्रकारमाथि धम्की दिने, गिरफ्तार र हत्या गर्नेसम्मका घटनाका कारण प्रेस स्वतन्त्रताको सवालमा चुनौतीपूर्ण रहेको नेपाल पत्रकार महासङ्घ शाखाका मिडिया मनिटरिङ् शाखाका खगेन्द्र फुयाँलले जानकारी दिनु भयो ।

उहाँका अनुसार नेपाल पत्रकार महासङ्घ, सञ्चार अनुगमन शाखामा यो वर्ष प्रेस स्वतन्त्रताका ६० ओटा घटना भएका छन् । विगतका वर्षको तुलनामा यस वर्षमा प्रेस स्वतन्त्रता हनन्का घटना बृद्धि भएको फुयाँलले बताउनु भयो ।

photo20250101kathmandu

सन् २०२३ मा यस्तो घटना ५८ ओटा रहेको र सन २०२२ मा ५३ ओटा घटना अभिलेखमा भएका थिए । प्रेस स्वतन्त्रता हनन्का ६० ओटा घटनामा ३४ जना महिला र १ सय १३ जना पुरुष पत्रकार पीडित भए भने १३ ओटा सञ्चार संस्था प्रभावित भएको उहाँले बताउनु भयो ।

समाचार लेखेकै कारण ज्यान लिनेसम्मको धम्की खेपिरहेका इटहरीका पत्रकार गोपाल दाहालका सम्बन्धमा महासङ्घले मिडिया मिसन खटाउनु परेको उहाँले बताउनु भयो ।

सन् २०२४ मा नेपाली प्रेस जगतले अपेक्षाकृत प्रेससम्बन्धी कानुन नपाउनु, लामो समयदेखि प्रतिक्षारत मिडिया काउन्सिल विधेयकले पूर्णता नपाउनु साथै सरकारले सूचना प्रविधि विधेयक, सामाजिक सञ्जाल व्यवस्थापन तथा सञ्चालनसम्बन्धी विधेयक ल्याउने तयारी गरिरहेको महासङ्घले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अन्य

भिडियो