३१ वर्षीया सुस्त मनस्थिति भएकी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्ला बर्दिबास नगरपालिका–१४ बर्दिबास स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–४, बागडोल बस्ने ३६ वर्षीय विमल विश्वकर्मालाई गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले गत कात्तिक १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ७ गते जिल्ला प्रहरी परिसर जावलाखेलमा दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि पुस १५ गते गिरफ्तार गरिएको परिसरका एसपी नवरत्न पौडेलले जानकारी दिनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण पुस ७ गते पाटन अस्पतालमा गरिएको अस्पतालका निर्देशक प्राध्यापक डाक्टर रवि शाक्यले जानकारी दिनु भयो ।