१३ वर्षीया बालिकालाई सामुहिक बलात्कार गरेको आरोपमा नरैनापुर गाउँपालिका-३, नरैनापुर बस्ने २४ वर्षीय रिजवान खाँ र ३० वर्षीय इसरार मोहम्मद खाँलाई प्रहरीले ०८१ पुस १३ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितहरूले पुस ३ गते बलात्कार गरेको भन्दै पीडितपक्षले पुस ६ गते इलाका प्रहरी कार्यालय, भगवानपुरमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण पुस ८ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।