INSEC Online

📅 २०८३ जेष्ठ २१

बेचबिखन प्रयास घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बेचबिखन प्रयास गरेको आरोपमा प्रहरीले दुई जनालाई पुस १५ गते गिरफ्तार गरेको छ।

भारतमा राम्रो कामको प्रलोभनमा सुनसरीको कोशी गाउँपालिका-८ भन्टावारी नाकाबाट युवतीलाई बेचबिखनका लागि भारततर्फ लैजान खोजेको आरोपमा प्रहरीले भारतको विहार राज्यको सुपौल जिल्ला,वीरपुरका २८ वर्षीय नयनकुमार यादव र उदयपुरका २४ वर्षीय उज्वल खड्कालाई गिरफ्तार गरेको हो।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमनकुमार तिम्सिनाले बताउनु भयो।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १५ गते गरिएको छ।

अन्य

भिडियो