१३ वर्षीया बालिकासँग बालविवाह गरेको आरोपमा प्रहरीले दुई जनालाई गिरफ्तार गरेको छ।
१३ वर्षीया बालिकासँग ०८१ पुस ८ गते बालविवाह गरेको आरोपमा प्रहरीले दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-१२ का २८ वर्षीय रमेश राई र विवाह गराउने आफन्त ३८ वर्षीया कमला राईलाई गिरफ्तार गरेको हो।
घटनाका आरोपितविरूद्ध पीडित पक्षले पुस १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर मोहन पोखरेलले बताउनुभयो।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा पुस १२ गते गरिएको छ।