१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा नौबहिनी गाउँपालिका—१ का २५ वर्षीय ज्ञानेन्द्र रानामगरलाई प्रहरीले ०८१ पुस ९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस १ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले पुस ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ९ गते जिल्ला अस्पताल, बिजुवारमा भयो ।