तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका-१ रामनगरका १९ वर्षीय बिनु आलेविरुद्ध ०८१ पुस ९ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय गौशालामा उजुरी दिनुभएको छ ।
पीडित बालिकालाई आरोपितले पुस ८ गते ललाई फकाई बलात्कार गरेको पीडित पक्षले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस ८ गते प्रादेशिक अस्पताल जलेश्वरमा भयो ।
उजुरी लगत्तै आरोपितलाई गाउँबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय गौशालाका इन्स्पेक्टर सूर्य राना मगरले जानकारी दिनुभयो ।