INSEC Online

📅 २०८३ जेष्ठ २१

कथित बोक्सीको आरोपमा कुटपिट घटनाका आरोपित गिरफ्तार

२६ वर्षीया महिलालाई कथित बोक्सीको आरोपमा ०८१ पुस ४ गते कुटपिट गरी घाइते बनाएको आरोपमा प्रहरीले. भजनी नगरपालिका–१ गौनहियाका बाबुराम चौधरी, लहानु चौधरी, मनोज चौधरी र सोही ठाउँकी रुपा चौधरीलाई पुस ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले टुना लगाएर घरको देवतालाई बाँधेको भन्दै कुटपिट गरी घाइते बनाएको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय, भजनीमा पुस ४ गते मौखिक जानकारी गराएपछि आरोपितहरुलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय, भजनीका इन्स्पेक्टर युवनकुमार चौधरीले बताउनु भयो ।

photo20241220kailali (2)

कथित बोक्सीको आरोपमा कुटपिट गरेको भन्दै ६ जना आरोपित विरुद्ध पीडित पक्षले पुस ५ गते लिखित उजुरी दिएकोमा चार जाना आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कैलालीमा पठाउने तयारी गरिएको  र दुई जना आरोपित जयराम चौधरी र करन चौधरी फरार रहेकाले खोजीकार्य भइरहेको इन्स्पेक्टर चौधरीले बताउनु भयो ।

टुनामुना लगाएर घरको देउतालाई बाँधेका कारण घरपरिवारमा अशान्ति भएको भन्दै आरोपितहरुले पत्नीलाई मरणासन्य हुनेगरी कुटपिट गरेको पीडितका पति चुनिराम चौधरीले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

कुटपिटबाट घाइते महिलाको धनगढीस्थित नवजिवन अस्पतालको आइसीयु कक्षमा राखेर उपचार भइरहेको छ ।

photo20241220kailali (1)

अन्य

भिडियो