१५ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले १६ वर्षीय बालकलाई पुस २ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले अन्तिम पटक मङ्सिर २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले पुस ३ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएको छ ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण पुस २ गते धुलिखेल अस्पतालमा गरिएको छ ।