INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा मिथिला बिहारी नगरपालिका-१० का २२ वर्षीय दिपेन्द्र कुमार दासविरुद्ध ०८१ मङ्सिर २८ गते पीडित पक्षले इलाका प्रहरी कार्यालय धनुषाधाममा उजुरी दिनुभएको छ ।

आरोपितले मङ्सिर २५ गते घरमा एक्लै रहेकी पीडित बालिकालाई धाक धम्की दिई बलात्कार गरेको पीडित पक्षले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २८ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

इलाका प्रहरी कार्यालय धनुषाधामका इन्सपेक्टर गणेश खनालले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको जानकारी दिनु भयो ।

अन्य

भिडियो