सिमकोट गाउँपालिका–२ घर भई नेपाली कांग्रेस पार्टीका वडा सभापति ३६ वर्षीय गोर्ख बोहरालाई कुटपिट गरेको भन्दै सिमकोट गाउँपालिका–१ का वडा सदस्य ३८ वर्षीया पेमा लामा र सोही ठाउँकी २३ वर्षीया मिलनदेवी लामा विरुद्ध पीडित पक्षले ०८१ मङ्सिर २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।
बोहराले मङ्सिर २४ गते आफूले दिएको रकम फिर्ता माग्न जाँदा दुवै आरोपितले सामान्य विवाद भएको थियो । सोही विषयलाई लिएर मङ्सिर २५ गते छलफलका क्रममा घाइते हुने गरी कुटपिट गरेपछि प्रहरीमा उजुरी गर्न बाध्य भएको पीडित बोहराकी पत्नी लुड्की बोहराको भनाइ छ ।
उक्त विषयमा इन्स्पेक्टर सरोज कडेलका अनुसार कुटपिट भएको विषयमा उजुरी आएकोले अनुसन्धान गरिने छ । कुटपिटबाट घाइते भएका वडा सभापतिको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताउनु भयो ।