निर्वाचन क्षेत्र नम्बर-४ ‘क’ मा नेपाली काङ्ग्रेसका तर्फबाट प्रदेश सभाका उम्मेदवार ओम कार्कीको प्रचार गाडीमा मङ्सिर ४ गते अज्ञात समूहले बम विष्फोट गराएको छ ।
बिहान साढे ५ बजे भएको बम विष्फोटबाट गाडीको भित्री भाग क्षतिग्रत भएको जनाइएको छ । जितपुरसिमरा-१ स्थित चालकको घर अगाडि पार्किङ गरिराखेको बा १४ च ६३३० नम्बरको स्कार्पियो गाडीमा कुकर बम विष्फोट भएको हो ।
जिल्ला प्रहरी कार्यालयका एसपी राजकुमार वैदवारका अनुसार घटनामा संलग्न भएको आरोपमा एक जनालाई नियन्त्रण लिइएको छ । नियन्त्रणमा लिइएका व्यक्तिको नाम खुलाइएको छैन । घटनाबारे अनुसन्धान र संलग्नको खोजी कार्य भइरहेको उनले बताए ।
यसैबिच प्रहरीले सात राउण्ड गोलीसहित महागढीमाई नगरपालिका-१ स्थित बजारबाट सोही ठाउँका २२ वर्षीय सोनु सिंह भन्ने सौरभ सिंहलाई कात्तिक २८ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भुवनेश्वर साहले बताए ।