१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रुकुम जिल्ला स्थायी घरभई बुटवल उपमहानपा–५ बस्ने १५ वर्षीय दाइलाई प्रहरीले ०८१ मङ्सिर २० गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।