१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–१२, भवानीका २४ वर्षीय दिनेश लोधलाई प्रहरीले मङ्सिर २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले मङ्सिर १४ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले मङ्सिर १९ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो ।
पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १९ गते भिम अस्पताल, भैरहवामा भयो ।