INSEC Online

📅 २०८३ जेष्ठ २२

हाडनाता करणी मुद्दाका कसुरदार गिरफ्तार

हाडनाता करणी मुद्दामा जिल्ला अदालतले सजाय तोकेका मोलुङ गाउँपालिका-६ का ५३ वर्षीय पुरूषलाई प्रहरीले गिरफ्तार गरेको छ ।

हाडनाता करणी मुद्दामा जिल्ला अदालतका न्यायाधीश गिरिराज गौतमको ०८० चैत २५ गतेको इजलासले १० वर्ष १ महिना २२ दिन कैद र ३ लाख ३० हजार रुपियाँ जरिबाना फैसला तोकिएका कसुरदारलाई प्रहरीले ०८१ मङ्सिर १९ गते मोलुङ गाउँपालिका-६ श्रीचौरको चेप्टेबाट गिरफ्तार गरेको हो ।

१९ वर्षीया युवतीलाई ०७९ साउन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०७९ भदौ १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीलगत्तै फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा ०७९ भदौ २० गते हाडनाता करणी शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

गिरफ्तार भएका कसुरदारलाई जिल्ला अदालतमा ०८१ मङ्सिर १९ गते पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विजय कार्कीले बताउनु भएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०७९ भदौ १ गते गरिएको थियो ।

अन्य

भिडियो