INSEC Online

📅 २०८३ जेष्ठ २१

बाजुरामा ३१ मतदानस्थल अति सम्वेदनशील

मङ्सिर १० गते हुन गइरहेको पहिलो चरणको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि बाजुराका ७० ओटा मतदान स्थलमध्ये ३१ ओटा मतदानस्थल अति सम्वेदनशील स्थलको रूपमा सूचीकृत गरिएको छ ।

बाँकी ३१ मतदानस्थल सम्वेदनशील र आठ ओटा मतदानस्थल समान्य स्थलमा सूचीकृत गरिएको प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले जानकारी दिएका छन्  ।

बाजुरामा ६९ हजार ८ सय ३४ मतदाता रहेका छन् । निर्वाचन आयोगको सूचीमा बाजुरा जिल्ला अति सम्वेदनशील मानिएको छ ।

हुम्ला, मुगु र कालिकोट जिल्लाहरू बाजुरा जिल्लासँग जोडिएका कारण निर्वाचन बिथोल्ने समूहहरूको निशानामा पर्ने खतरा भएका कारण अन्य जिल्लाबाट ठुलो मात्रामा सुरक्षाकर्मी परीचालन गरिएको जनाइएको छ ।

अन्य

भिडियो