INSEC Online

📅 २०८३ जेष्ठ २१

निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको अभियोगमा चार जना गिरफ्तार

नजिकिँदो प्रतिनिधि र प्रदेश सभा निर्वाचनका विरूद्ध गतिविधि गरेको आरोपमा मोरङमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका चार जना कार्यकर्ता गिरफ्तार भएका छन् ।

पार्टीका विद्यार्थी नेता कानेपोखरी गाउँपालिका-४ वयरवनका २१ वर्षीय फणिन्द्र राजवंशीलाई  मङ्सिर १ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरूणकुमार बिसीले बताए ।

राजवंशीलाई कानेपोखरी गाउँपालिकाको केरौनबाट गिरफ्तार गरिएको हो । निर्वाचनका विरूद्धमा भित्ते लेखन गर्ने, मतदाता भड्काउने र तर्साउने लगायतका गतिविधिमा संलग्न भएको आरोपमा राजवंशी सहित एक सातामा मोरङमा चार जनालाई नियन्त्रणमा लिएको एसपी बिसीले बताए ।

एसपी बिसीका अनुसार पार्टीका केन्द्रीय सदस्य ताप्लेजुङ फोक्ताङ-९ का ४० वर्षीय सुमन लिम्बू,  पार्टीका कोसी व्यूरो सदस्य मोरङको मिक्लाजुङ-८ का ४४ वर्षीय जितेन्द्र महरा र पार्टीका एरिया इञ्चार्ज विराटनगर-६ का ६० वर्षीय कमलबहादुर खत्री (नेपाल) लाई पनि प्रहरीले गिरफ्तार गरेको हो ।

अन्य

भिडियो