२२ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले भारत मोतीहारी घर भइ भरतपुर महानगरपालिका-१० बस्ने २८ वर्षीय कृष्ण रौनियारलाई मङ्सिर १२ गते गिरफ्तार गरेको छ ।
पीडित युवतीलाई आरोपितले मङ्सिर १० गते बलात्कार गरेको भन्दै पीडितले मङ्सिर ११ गते जिल्ला प्रकरी कार्यालयमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका एसपी गौतम मिश्रले बताउनु भयो ।
पीडित युवतीको स्वास्थ्य परीक्षण मङ्सिर १२ गते भरतपुर अस्पतालमा गरिएको छ ।