INSEC Online

📅 २०८३ जेष्ठ २१

छात्रवृत्तिमा अनियमितता भएको भन्दै विद्यार्थीहरू आन्दोलित

Photo 20241123 Dhanusha (2)

 

जनकपुरधाम उपमहानगरपालिकामा रहेका निजी क्याम्पसका विद्यार्थीहरूद्वारा ०८१ मङ्सिर २ गतेदेखि “शिक्षा माफिया होसियार, विद्यार्थी एकता जिन्दाबाद, विद्यार्थीहरू मार्कामा सरोकारवाला तीर्थयात्रामा” नाराका साथ आन्दोलन शुरु गरेका छन् ।

छात्रवृत्ति कोटामा नाम निकाले तापनि विविध शुल्कको नाममा दोब्बर शुल्क लिएको विरोधमा विद्यार्थीहरूले आन्दोलन गर्नुपरेको पीडित विद्यार्थी अजय यादवले बताउनु भयो ।

छात्रवृत्ति पाएका विद्यार्थीहरूबाट नियम विपरीत लिएको रकम फिर्ता नगरुन्जेलसम्म तथा अनियमितताविरुद्ध दोषीलाई कानुनी कारबाही नहुन्जेलसम्म आन्दोलन जारी रहने विद्यार्थी उज्ज्वल ठाकुर बताउनु भयो ।

विद्यार्थी युवराज मिश्राले विभिन्न कलेजका विद्यार्थीहरूले मङ्सिर २ गतेदेखि जनकपुरधाम उपमहानगरपालिका बजार क्षेत्रमा टायर बालेर विरोध प्रदर्शन गरेको बताउनु भयो । प्रदर्शनको क्रममा विद्यार्थीहरूले छात्रवृत्तिका लागि सिफारिस भएका विद्यार्थीहरूसँग कुनै प्रकारको शुल्क लिन नपाउने र नियम विपरित हालसम्म लिइएको शुल्क फिर्ता गर्नुपर्ने माग राखेका छन् भने विद्यार्थीहरूको माग सम्बोधन नभए आन्दोलनलाई निरन्तरता दिइरहने विद्यार्थी युवराज मिश्राले बताउनु भयो ।

निजी शिक्षण संस्थाहरूले उठाएको रकम फिर्ता गर्न जनकपुरधाम उपमहानगरपालिकाले निर्देशन दिए तापनि हिसान, प्याब्सन, एन प्याब्सनले निर्णयलाई बाइ कट गरी आफ्नो मनोमानी ढङ्गले चलाउँदै आएको शिक्षा शाखा प्रमुख मञ्जु पाण्डेले बताउनु भयो ।

नेपाल विद्यार्थी संघ धनुषा जिल्ला अध्यक्ष सुजित यादवका अनुसार छात्रवृत्ति कोटामा नाम निकालेर पनि विद्यार्थीहरूले क्यम्पसलाई तिरेको रकम जबसम्म फिर्ता हुँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहने छ ।

यसै सन्दर्भमा मङ्सिर ८ गते जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय र पालिका भित्रका निजी शिक्षण संथा सम्बद्ध संगठन प्याब्सन, एन प्याब्सन, एम प्याब्सन, हिसान र नेपाल प्याब्सनले छुट्टा छुट्टै विज्ञप्ती जारी गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका भित्र सञ्चालित संस्थागत विद्यालायहरूमा अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ को प्रावधान अनुरुप संस्थागत विद्यालयले १०% विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्तिमा अध्यापन गराउनु पर्ने प्रावधान कार्यान्वयनका लागि यस कार्यालयकबाट विद्यार्थीहरूको नामावली पठाइएकोमा सम्बन्धित विद्यालय र शिक्षण संस्था सम्बद्ध संगठनहरूले रजिष्ट्रेशन शुल्क र परिक्षा शुल्क मात्रै लिई अध्यापन गराउन नसकिने भन्दै थप अन्य शिर्षकमा शुल्क लिन पाउनु पर्ने भन्दै विद्यालयहरू बन्द गराइएको विषयमा विद्यालय सञ्चालन गराउन शिक्षण संस्था सम्बद्ध संगठनसँग पटक पटक छलफल गरिएकोमा सो नःशुल्क छात्रवृत्ति सम्बन्धि व्यवस्था कार्यान्वयन गर्न आनाकानी गरी छलफल निष्कर्ष विहिन भएको सम्बन्धमा मङ्सिर ९ गतेदेखि सम्पूर्ण संस्थागत विद्यालय सूचारु गरी विद्यार्थीहरूको शिक्षा सम्बन्धि संवैधानिक हकको कार्यान्वयन गर्न जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ । अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धि ऐन २०७५ र ऐ को नियमावली २०७७ को व्यवस्था अनुसार निःशुल्क छात्रवृति सम्बन्धि व्यवस्था कार्यान्वयन नगरे वा विद्यालय बन्द राखेमा कानुन बमोजिम कारबाही गर्न बाध्य हुने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

त्यसैगरी, जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले मङ्सिर ८ गते जारी गरेको विज्ञप्तीमा गम्भिर ध्यानार्षण भएको भन्दै जनकपुरधाम उपमहानगरपालिका भित्रका निजी शिक्षण संथा सम्बद्ध संगठन प्याब्सन, एन प्याब्सन, एम प्याब्सन, हिसान र नेपाल प्याब्सनले मङ्सिर ८ गते प्रेस विज्ञप्ती जारी गरेको छ ।

Photo 20241123 Dhanusha (1)
Photo 20241123 Dhanusha (4)

अन्य

भिडियो